Like us!
Follow us!
Connect us!
Watch us!

खोरङ्गा हाईड्रोपावरले डाक्यो साधारणसभा, हकप्रद जारी गर्ने

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, ०९ : ११ मा प्रकाशित

खोरङ्गा हाईड्रोपावरले डाक्यो साधारणसभा, हकप्रद जारी गर्ने

खोरङ्गा हाईड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई विशेष साधारण सभा भन्दै डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते शुक्रबारका दिन काठमाण्डौ महाराजगञ्जमा आफ्नो कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।  

सभामा सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अगाडी सारेको छ।  

 तेस्तै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने,कम्पनीको ठेगाना परिवर्तन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित हुने भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको