Like us!
Follow us!
Connect us!
Watch us!

भिजन ईनर्जिले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ११ : ०१ मा प्रकाशित

भिजन ईनर्जिले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

भिजन ईनर्जि एन्ड पावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

वैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ३२ गते गते भर्चुअल विधिमार्फत जुम एपमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । कम्पनीले साधारणसभामा अधिकृत तथा जारी पुँजी बढाउने, सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने लगायत विविध प्रस्तावहरु पेश गरिने जनाएको छ ।

कम्पनीले हाल चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको आइपिओ जारी गर्ने तयारी गरेको हो । रामेछापमा ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत आयोजनाको कम्पनीले विकास गर्न लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको