Like us!
Follow us!
Connect us!
Watch us!

स्टिलको मूल्य १३ प्रतिशतसम्म बढ्यो, उद्योगीहरु आन्दोलित

पत्रपत्रिका

शुक्रबार, ०३ असार २०७९, ०७ : ३५ मा प्रकाशित

बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए ।

सरकारको यो निर्णयले स्पन्ज आइरन आयात गरी बिलेट र स्टिल बनाउने उद्योगहरूलाई फाइदा पुगे पनि अन्य उद्योगहरू भने अघि बढ्न सक्दैनन, गोयन्काले भने । प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महसुल शून्यमा झार्ने निर्णय गरेका अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क वृद्धि गरेका हुन् । कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको