Like us!
Follow us!
Connect us!
Watch us!

अनसन बस्नुपर्ने अवस्था दुर्भाग्यपुर्ण, जिउधनको सुरक्षा गर्न जोडदार माग : सेबाेन, कर्मचारी यूनियन

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १४ : १२ मा प्रकाशित

अनसन बस्नुपर्ने अवस्था दुर्भाग्यपुर्ण, जिउधनको सुरक्षा गर्न जोडदार माग : सेबाेन, कर्मचारी यूनियन

लगानीकर्ताहरूको आन्दोलन एवमं आमरण अनसनका बारेमा बोल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको कर्मचारी यूनियनले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । 

लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै आमरण अनसनसम्म बस्नु पर्ने अवस्था दुर्भाग्यपूर्ण रहेकाे यूनियनले जनाएकाे छ । 

यूनियनले प्रेस विज्ञप्तिमा भनेकाे छ, " लगानीकर्ताहरुले नीतिगत सुधारको माग राख्दै आमरण अनसनसम्म बस्नु पर्ने अवस्था दुर्भाग्यपूर्ण हो । लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु बोर्डको कार्यक्षेत्र भन्दा बाहिर समेत रहेको हुँदा वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालय समेतको पहलकदमीमा मात्रै सम्बोधन हुन सक्ने देखिन्छ । बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित मागहरु यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य मागहरु सम्बोधन गर्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दै आमरण अनसनमा बस्नु भएका लगानीकर्ताको जिउधनको स्रक्षा गर्न एवं बोर्डका कर्मचारीहरुलाई सुरक्षीत कार्यस्थलको प्रत्याभूत गराउन यस यूनियन निर्णयानुसार जोडदार माग गर्दछ।"

विज्ञप्ति हेर्नुहाेस् : 

62aee007973fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको