Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर !

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १७ : ४९ मा प्रकाशित

आदर्श लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर !

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदनको ओइरो लागेकाे छ ।

सीडीएसका अनुसार अन्तिम दिन आज आइतबार साँझ ५:७ बजेसम्म १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकहरुले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रूपैयाँ बराबरकाे २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएका छन् । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरकाे ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको