Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तासंगको भेटमा ओलीले भने-‘तपाईँहरुको समस्याका बारेमा जानकार छु, गभर्नरसंग कुरा गर्छु’

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १६ : ११ मा प्रकाशित

लगानीकर्तासंगको भेटमा ओलीले भने-‘तपाईँहरुको समस्याका बारेमा जानकार छु, गभर्नरसंग कुरा गर्छु’

स्वतन्त्र पूँजी बजार सुधार संघका लगानीकर्ताहरूले पूर्व प्रधानमन्त्री एवमं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

नेपालको पूँजी बजारमा विद्यमान समस्याहरुको निवारण गर्न आवश्यक पहलको निम्ति लगानीकर्ताहरूले आज बालकोटस्थित केपी निवासमै गएर उनीसँग भेट गरेका हुन् । 

भेटवार्ताकाे क्रममा पूर्व प्रधानमन्त्री ओलीले लगानीकर्ताहरूको समस्याका बारेमा आफू जानकार रहेको र गभर्नरसँग कुरा गर्ने आश्वासन दिएका संघका अध्यक्ष शुशिल लुनियाले अर्थ संसारलाई बताए ।

भेटमा अध्यक्ष लुनिया सहित संघका संरक्षक उपेन्द्र पाठक, सहसचिव शिरिष आचार्य तथा युवा लगानीकर्ता सरोज लामिछाने समेत सहभागि थिए ।

‘पुर्व प्रधानमन्त्री ओली ज्यू हाम्रा मागहरु प्रति जानकार हुनुहुँदो रहेछ वहाँले कर्जा जोखिम भारका बिषयमा पनि कुरा उठाउनु भयो लगानीकर्ताका माग हरु सम्बोधन गराउन यथासक्य प्रयास गर्नेछु भन्नु भएको छ’ भेटमा सहभागी अध्यक्ष लुनियाले भने ।

लगानीकर्ताहरुको टोलीसंग अध्यक्ष ओलीले करिब ४५ मिनेट लामो बार्ता गरेका थिए । बार्तामा लगानीकर्ताहरुले आफ्ना मागहरु र बजारका समस्याका बारेमा जानकारी गराएका थिए भने जबाफमा ओलीले आँफु सेयर कर्जामा लागेको सिमा, कर्जामा लगाइएको जोखिम भारका बारेमा जानकार रहेको र समाधानका लागि प्रयास समेत गर्ने आश्वासन लगानीकर्ताहरुलाई दिएका छन् ।  

‘एक तर्फ आमरण अनशन सहितका विभिन्न बिरोधका कार्यक्रमहरु चलिरहेका छन् अब यो संगै बार्तालाई पनि संगै लानुपर्छ भनेर हामिले विभिन्न नेताहरुसंग भेटेका हौ बजारको विकास संग संगै तिलक जीको स्वास्थ्य बचाउनु पनि हाम्रो महत्वपुर्ण जिम्मेवारी हो त्यसैले हामिले विभिन्न ढंगले सरकार र नियामकहरुलाई हाम्रा मागहरु सम्बोधन गराउने प्रयास गरिरहेका छौ’ अध्यक्ष लुनियाले अर्थसंसारसंग भने । 

गत बर्ष ३२ सय भन्दा माथी पुगेको नेप्से परिसूचक यो १० महिनाको अवधीमा करिब १३०० अंकले घटिसकेको छ । बजारको बृद्धि र गिरावट सामान्य भएपनि अहिले जसरी अस्वभाविक ढगले बजारमा गिरावट आइरहेको छ त्यो एकदमै अस्वभाविक रहेको बताउछन् लगानीकर्ता । बियरिस बजारमा पनि यति छोटो समयमा यत्रो करेक्सन आएको मलाई थाँहा छैन एक लगानीकर्ताले भने यो त मार्केटको अस्वभाविक फ्रि-फल नै हो ।

भेटमा एमालेका सचिव एवमं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ समेत उपस्थित थिए । 

 

62b04cf3ec7e2.jpg 62b04cf4566a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको