सेयर बजारकाे लगातारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
एक साताका लागि बिदामा बसेका नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमाल हिजाे बेलुका नेपाल फर्किएका छन् । एयरपाेर्टबाटै सिधै आन्दोलनरत लगानीकर्ताहरूलाई भेटी अर्थमन्त्रालयसँँग समन्वय गरेर ठोस योजना दिने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलका लागि अर्थमन्त्रालयद्वारा गठित सुझाव समितिको बैठक पनि बसेको छ । पूँजी बजारसँग सम्बन्धी समस्या समाधान गर्न बाेर्ड अध्यक्ष हमालले सक्रियता देखााएसँगै त्यसकाे सकारात्मक प्रभाव बजारमा देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेकाे छ । नेप्से १.९९ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ८.१८ अंकले बढेर ३७४.३७ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीकाे ३७ लाख १२ हजार ७ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ ।
मंगलबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ११ कराेड ५९ लाख ७३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
यसदिन आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
आज नबिल ब्यालेन्स फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य २.९३ प्रतिशतले घटेर ९ रूपैयाँ ६१ पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस