Like us!
Follow us!
Connect us!
Watch us!

'राष्ट्र बैंकले नीति पुनरावलोकन गरेरै भएपनि लगानीकर्ताको पुनरुत्थान गर्नुपर्छ'

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १६ : ४७ मा प्रकाशित

'राष्ट्र बैंकले नीति पुनरावलोकन गरेरै भएपनि लगानीकर्ताको पुनरुत्थान गर्नुपर्छ'

नेकपा एमालेले पूँजी बजारमा देखिएका समस्याहरूको तत्काल समाधान गराउने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूँजी बजार धराशयी हुँदा लगानीकर्ताको लगानी जोखिममा पर्नुका साथै अर्थतन्त्रमै गम्भिर असर परेको बताएका छन् ।

उनले भने, "अहिले हामीले यदाकदा घटना सुनिरहेका छौँ लगानीकर्ताहरूले आत्महत्या गरे रे । लगानीकर्ताहरूले आत्महत्याको तहसम्म जानुपर्ने अवस्था उत्पन्न भएको छ । राज्य सबैको अभिभावक हो । राज्यले यस्तो अवस्थामा पनि आफूलाई बेखबर राख्नु र गैरजिम्मेवार ठान्नु कीमार्थ पनि स्विकार्य हुँदैन ।"

सेयर बजारमा लाखौँ नेपालीहरु आवद्ध भएका र लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर बजारलाई कुनै न कुनै रुपमा पुनर्उत्थान गर्न जरुरी रहेको उनले बताए । 

सदनबाट उनले अर्थमन्त्रीले जोखिमयुक्त कदम उठाएर भएपनि तथा नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेरै भएपनि लगानीकर्ताहरुको जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार माग गरेका छन् । 

अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर हुँदै गइरहेको भन्दै कोइरालाको जीवन रक्षा र लाखाैँ लगानीकर्ताहरूकाे सम्पत्तिकाे रक्षाका लागि माग सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको