Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

पत्रपत्रिका

बुधबार, ०८ असार २०७९, ०६ : ०८ मा प्रकाशित

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् ।

अब उनीहरुले आफ्ना माग सम्बोधन नगरे अत्यावश्यकबाहेकका परियोजना र राष्ट्रिय गौरवका आयोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर निर्माण सामग्रीको मूल्य समायोजन गर्न र व्यवसायीलाई राहत दिन माग गरेका छन् । 

महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको समेत जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको