Like us!
Follow us!
Connect us!
Watch us!

धुलिखेलमा खुल्ने भयो साथीमार्टको १०५ औं शाखा

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १७ : ४२ मा प्रकाशित

धुलिखेलमा खुल्ने भयो साथीमार्टको १०५ औं शाखा

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सुरु हुने भएको छ ।

कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले असार १० गतेदेखि धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् । 

‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पुणर् घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’

उक्त आउटलेटको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु (श्रेष्ठ)ले गर्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको