अर्थ संसार
काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी अहिले जनकपुरधाम पुगेका छन् । तीन दिने नेपाल भ्रमणमा रहेका मुखर्जी बुद्ध एयरको विशेष विमानबाट जनकपुर पुगेका हुन । मुखर्जीले जानकी मन्दिर दर्शनका साथै विशेष पूजा गर्ने कार्यक्रम छ । मुखर्जी जनकपुर उपमहानगरपालिकाले तिरहुतिया गाछीमा आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।
मुखर्जीको स्वागतका लागि जनकपुरको विमानस्थलदेखि जानकी मन्दिरसम्म प्रत्येक ७० मिटरको दूरीमा स्वागतद्वार बनाइएका छ भने तीन किलोमिटरको दूरीमा ४५ भन्दा बढी गेट बनाइएको छ । मुखर्जीले जानकी मन्दिरको पूजाआजा र नागरिक अभिनन्दन सकेर आजै पोखरा जाने कार्यक्रम छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस