Like us!
Follow us!
Connect us!
Watch us!

कार्यान्वयन समितिप्रति लगानीकर्ताका संगठन सकारात्मक, दिए बोर्ड अध्यक्ष हमाललाई धन्यवाद

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १४ : ४९ मा प्रकाशित

कार्यान्वयन समितिप्रति लगानीकर्ताका संगठन सकारात्मक, दिए बोर्ड अध्यक्ष हमाललाई धन्यवाद

लगानीकर्ताहरूका ३ वटा संगठनहरूले धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिँदै एक संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले लगानीकर्ता जायज मागहरूलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गराएकोमा यी ३ संगठनहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

असार ७ गते धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा उल्लेख भएका केही बुँदाहरुलाई आफूहरूले सकारात्मक रूपमा लिइएको र बाँकी बुँदाहरुमा आपसी छलफलबाट समाधान हुनेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र कामु कार्यकारी निर्देशक मुक्तिराम श्रेष्ठ सहित लगानीकर्ताका आधिकारिक संघ संगठनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको र मागहरुका सम्बन्धमा यथासिघ्र काम कारबाही अगाडि बढाउने प्रतिjद्धता जनाएकोमा समेत हार्दिक आभार व्यक्त गरिएको छ ।

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको