Like us!
Follow us!
Connect us!
Watch us!

सुर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्स मर्जरमा जाने, एमओयुमा हस्ताक्षर

अर्थ संसार

सोमबार, १३ असार २०७९, ०७ : ०३ मा प्रकाशित

सुर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्स मर्जरमा जाने, एमओयुमा हस्ताक्षर

सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन्।  दुई कम्पनीले आईतबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । आइतबार भएको समझदारी पत्रमा सुर्या लाइफका अध्यक्ष केशबप्रसाद भट्टराईले र ज्योति लाईफका तर्फबाट नन्दकिसोर शर्माले हस्ताक्षर गरेकाछन् । 

स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन(डिडिए) पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । त्यस्तै मर्जर पछि कुनै पनि कम्पनीबाट कर्मचमरी कटौति समेत नगर्ने प्रारम्भिक सम्झौता भएको स्रोतले जनायो । 

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको