Like us!
Follow us!
Connect us!
Watch us!

चट्याङ लागेर दुई जनाको मृत्यु

अर्थ संसार

मंगलबार, १४ असार २०७९, ०९ : १२ मा प्रकाशित

चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए।

‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ,’ उनले भने।

त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन्।

‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। घटनाबारे विस्तृतमा आउन बाँकी छ,’ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको