Like us!
Follow us!
Connect us!
Watch us!

ऋण दिने व्यवस्था मिलाएर मात्र आईपिओ निष्कासन गर्न माग

अर्थ संसार

बुधबार, १५ असार २०७९, १५ : २२ मा प्रकाशित

ऋण दिने व्यवस्था मिलाएर मात्र आईपिओ निष्कासन गर्न माग

असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि रसुवागढी हाइड्रोपावर लिमिटेडले निष्कासन गरिएको साधारण सेयर (आइपिओ) प्रक्रिया रोक्न भन्दै गोसाईकुण्ड गाँउपालिकाको १ नम्बर वडाले आईपिओ निष्काशन गरेको कम्पनीलाई चिठ्ठी लेखेको छ । 

वि.स २०७२ सालको भुकम्प र कोभिड १९ को प्रभावले अर्थतन्त्र तहस नहस पारेको भन्दै वडा कार्यलयले आईपिओ हाल्न कम्पनी वा क्यापिटलले बैंक ऋण समेतको व्यवस्था मिलाएर मात्र उक्त कार्य अगाडि बढाउन आग्रह गरेको हो । 

कम्पनीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयहरुका लागि जारी गरिएकोमा प्रभावित क वर्गमा परेको गोसाईकुण्ड गाउँपालिका वडा न.१ थुमन र वडा न.२ टिमुरेका स्थानीय जनताहरुलाई २०७२ सालको भुकम्प र कोभिड १९ को प्रभावले अर्थतन्त्र तहस नहस भई त्यसको असर वडाहरुमा समेत पर्न गई आईपिओ हाल्न असक्षम रहेको जनगुनासो आएकोले त्यसलाई मध्यनजर राख्दै आईपिओ जारी मिति समेत सारी आईपिओ हाल्न कम्पनी वा क्यापिटलले बैंक ऋण समेतको व्यवस्था मिलाएर मात्र उक्त कार्य अगाडि बढाउन भन्दै वडा कार्यलयले रसुवागढी हाइड्रोपावरलाई पत्र पठाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको