Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

विहीबार, १६ असार २०७९, १० : ०२ मा प्रकाशित

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज असार १६ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा बिक्री नभएपछि म्याद थपेर असार २४ गतेसम्म पुर्याइएकाे छ । 

कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको