Like us!
Follow us!
Connect us!
Watch us!

‘मार्केट मेकरलाई किन्न लगाएर भएपनि मैले सेयर बजारलाई तल जान रोकेको थिए’

अर्थ संसार

विहीबार, १६ असार २०७९, १५ : ५७ मा प्रकाशित

‘मार्केट मेकरलाई किन्न लगाएर भएपनि मैले सेयर बजारलाई तल जान रोकेको थिए’

पुर्व अर्थमन्त्री एबं नेकपा एमालेका नेता युवराज खतिवडाले आँफु अर्थमन्त्री हुँदा नागरीक लगानी कोष जस्ता मार्केट मेकरलाई सेयर किन्न लगाएर सेयर बजारलाई धेरै तल जानबाट रोकेको खुलासा गरेका छन् । एक टेलिभिजन अन्तरवार्तामा खतिवडाले यस्तो खुलासा गरेका हुन् ।

‘सेयर बजार सिढिँ चढेर माथि माथि जानुपर्छ तर कहिले काँहि लिफ्ट चढेर पनि माथि जान्छ त्यसरी लिफ्ट चढेर माथी गएको बजार लिफ्टबाटै झर्दा कहिलेकाँहि लेभलमा भन्दापनि बेसमेन्टमै पुग्न पनि सक्छ’ उनले भने ‘अहिले जब बजार तल झर्न थाल्यो तब मैले सार्वजनिक रुपमै मिडियामा अब बजारलार्ई धेरै तल झर्न दिनु हुदैन भनेर भनेको थिए नेप्से इन्डेक्स २२-२३ सयमा हुँदा यो ओभर करेक्सन भयो भनेर भनेको थिए ।’

पूँजी बजारको विकासका लागि राष्ट्र बैंकले केहि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनको तर्क छ । ‘राष्ट्र बैंकले अहिले सांकेतिक रुपमै भएपनि केहि नीतिगत सुधार गर्नुर्छ भन्ने मेरो पनि सुझाव हो त्यति मात्र हैन अरु केहि कुराहरुबाट पनि सेयर बजारलाई व्यबस्थित गर्न सकिन्छ’ उनले भने ‘विगतमा मैले पनि बजार प्यानिक हुन थाल्दा नागरीक लगानी कोष लगाएत अन्य मार्केट मेकरहरुलाई किन्न लगाएरै भएपनि मैले बजारलाई तल जान रोकेको थिए ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको