Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालको अर्थतन्त्र ठूलो दुर्घटनाबाट बच्यो, निक्षेपको ब्याजदर एकल अङ्कमा झार्नुपर्छ’

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ०७ : २६ मा प्रकाशित

‘नेपालको अर्थतन्त्र ठूलो दुर्घटनाबाट बच्यो, निक्षेपको ब्याजदर एकल अङ्कमा झार्नुपर्छ’

पुर्वअर्थमन्त्री एबं नेकपा एमालेका नेता युवराज खतिवडाले नेपालको अर्थतन्त्री ठूलो दुर्घटनाबाट बचेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमांडौमा आयोजना गरेको अर्थतन्त्रः अबको  बाटो विषयक  छलफल  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

खतिवडाले विद्यमान उत्पादन संरचनाको क्षमता उपयोगमा जोड दिन सके रोजगारी सिर्जना र राजस्व वृद्धिमा टेवा पुग्न सक्ने बताए । अर्थतन्त्रको अहिलेको अवस्थालाई ‘लिकबाट  बाहिरिएर बल्लतल्ल रनवेसम्म’ आइपुगेको संज्ञा दिँदै उनले नेपालको  अर्थतन्त्र  ठूलो  दुर्घटनाबाट  बचेको बताए । 

निक्षेपको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कित्ताकाट सहज बनाउने र स्थानीय तहलाई तुरुन्तै जग्गाको  वर्गीकरण  गर्न  लगाउने,  वास्तवमै  समस्यामा रहेका ऋणीको कर्जा पुनर्तालिकीकरण गर्ने,  पाइपलाइनमा  रहेका  वैदेशिक  लगानी  स्वीकृत गर्नेजस्ता काम हुन सके पनि अर्थतन्त्रका तत्कालका  समस्या  समाधान  हुन  सक्ने  डा.  खतिवडाको सुझाव थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको