Like us!
Follow us!
Connect us!
Watch us!

जुन महिनामा मात्रै १ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १६ : ५१ मा प्रकाशित

जुन महिनामा मात्रै १ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । 


सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट विद्युत् दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि, २७ जेठबाट दैनिकरूपमा ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ ।


प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्कहरू कटाएर खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रतियुनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको