Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले ॠणपत्र निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १२ : ४२ मा प्रकाशित

सिभिल बैंकले ॠणपत्र निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

सिभिल बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले “सिभिल बैंक डिबेञ्चर २०८४” काे नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएकाे ५ वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ५० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न असार १६ गते निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । 

बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको