सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरूले अर्थमन्त्री शर्मामाथि गम्भीर आरोप लागिसकेकाले उनलाई हटाउनै पर्ने माग प्रधानमन्त्रीसँग गरिरहेका छन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्री शर्मामाथि उठेका प्रश्नलाई प्रधानमन्त्री देउवाले नजिकबाट हेरिरहेको बताए। ‘यो विषय प्रधानमन्त्रीले नजिकबाट हेरिरहनु भएको छ,’ डा. महतले भने, ‘साँच्चै हो भने यो विषय क्षमायोग्य हुनै सक्दैन। अक्षम्य अपराध नै हो।’
कांग्रेसका नेताहरूले गम्भीर आरोप लागेका अर्थमन्त्री शर्मालाई बचाउन नहुने भन्दै पार्टीलाई जनताको नजरबाट गिर्न नदिनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। कांग्रेस प्रवक्ता महतले कसैलाई पनि कानुन र जिम्मेवारीभन्दा बाहिर जाने छुट नभएको बताए। वास्तविकता र यथार्थताको आधारमा प्रधानमन्त्रीले यो विषयमा छिट्टै निर्णय दिने महतले बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विषय निकै गम्भीर भएकाले शीर्ष नेतृत्वबाटै किनारा लगाइने बताए। ‘यो विषय शीर्ष तहको कुरा हो,’ मन्त्री बडूले भने, ‘त्यहाँबाट जे निष्कर्ष निस्कन्छ, त्यहीअनुसार हुन्छ। शीर्ष नेताले नै यसलाई टुंग्याउनुपर्छ।’ राजनीतिक विषय भएकाले यो विषय मन्त्रिपरिषद्मा उठ्नु, नउठ्नुले तात्विक अर्थ नराख्ने उनको भनाइ छ।
अन्नपुर्णपोष्टमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस