Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको हकप्रद भर्नु भयो ? ५ दिन थपियो म्याद

शुक्रबार, १९ कार्तिक २०७३, १६ : ०० मा प्रकाशित

लक्ष्मी लघुवित्तको हकप्रद भर्नु भयो ? ५ दिन थपियो म्याद

अर्थ संसार

काठमाडौं–लक्ष्मी लघुबित्त वित्तीय संस्थाले हकप्रद सेयर भर्ने म्यान ५ दिन बढाएको छ । कम्पनीले सूचना जारी गरेर कात्तिक २३ गतेसम्म फर्म भर्न सक्ने जनाएको हो । कम्पनीले यसअघि जारी गरेको ३५ दिने सूचनामा कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद दिएको थियो ।

 कम्पनीले हकप्रद सेयर निष्कासनपछि दसैं, तिहार र छठलगायतका महत्वपूर्ण चाडपर्व परेकोले यसअवधिमा कतिपय लगानीकर्ता भर्न छुटेको हुन सक्ने भन्दै समय थप गरेको जनाएको छ ।

कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालय, लक्ष्मी लघुवित्तको कार्यालय र लक्ष्मी क्यापिटलमा हकप्रद सेयरका लागि आवेदन गर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको