Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १० : ५० मा प्रकाशित

हिमालयन हाइड्रोको आईपीओ प्रि अलोटमेन्ट आज हुँदै, बाँडफाँड कहिले ?

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्रि अलाेटमेन्ट आज (असार २४ गते, शुक्रबार) हुँदैछ ।  

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज प्रि अलाेटमेन्ट सम्पन्न गरी आगामी साेमबार बाँडफाँड गरिनेछ । लगातार २ दिन सार्वजनिक बिदा रहेकाे हुनाले साेमबारदेखि मंगलबारसम्ममा बाँडफाँड गरिने भएकाे हाे । सरकारले बकर इदकाे अवसरमा आइतबार सार्वजनिक बिदा दिएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरकाे १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । 

माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम अपडेट अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको