Like us!
Follow us!
Connect us!
Watch us!

संवैधानिक परिषदसम्बन्धी विधेयकको कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्धारा चर्को विरोध

अर्थ संसार

सोमबार, २७ असार २०७९, १३ : ४४ मा प्रकाशित

संवैधानिक परिषदसम्बन्धी विधेयकको कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्धारा चर्को विरोध

राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्रबाटै दबाब भएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेका हुन्।

‘संवैधानिक परिषदसम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत थियो भनेका थियौं। हिजो गलत भनेका विषयलाई अहिले सही भनेर अघि बढाउन सकिन्न। त्यो विधेयक फिर्ता हुन्छ,’ महामन्त्री थापाले भने।

अर्का महामन्त्री शर्माले ओलीका पालामा पनि त्यस्तै विधेयक आएकोमा विरोध गरिएको र अहिले पनि विरोध गरिने बताएका छन्। ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा हामी शतप्रतिशत प्रष्ट छौं,’ शर्माले भने, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको पदचापमा अघि बढ्दै संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएका हुन् । उनले तीन जना सदस्य भए परिषद्को बैठक बसेर निर्णय गर्न सकिने व्यवस्था विधेयकमा ल्याएका छन् । जुन् अघिल्लो सरकारले पनि ल्याएको थियो र यसको चौतफी विरोध भएको थियो ।

 संवैधानिक परिषद्मा ६ जना रहन्छन् । जसमा प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभा सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश रहन्छन् । सरकारले ल्याएको विधेयकअनुसार अब तीनजना भए मात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको