निर्माण एक्स्पेर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले अषाद २६ गते नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र सहि निर्माण मापदण्ड सम्बन्धी विभिन्न सिप र ज्ञान यस जगदम्बा सिमेन्टका प्रविधिकद्धारा अभिमुखिकरण तालिम स्वरुप प्रदान गरेको छ।
उक्त कार्यक्रममा कंम्पनीका उप–महाप्रबन्धक सुनिल पौड्यालले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिनुका साथै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सहि प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने जानकारी श्रव्य दृश्यद्धारा गराएका थिए।
उक्त कार्यक्रममा वरिष्ठ इन्जिनियर कुशल काफ्लेले जगदम्बा कंक्रीटोका उद्योग तथा यस उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका टाइल्स्, पेभर, ब्रिक, ब्लक, कब्र्सबारे बिस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस