Like us!
Follow us!
Connect us!
Watch us!

यसरी हेर्न सकिन्छ एकै पटकमा धेरै डिम्याट खाताहरुको आईपिओ नतिजा

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ११ : १० मा प्रकाशित

यसरी हेर्न सकिन्छ एकै पटकमा धेरै डिम्याट खाताहरुको आईपिओ नतिजा

आईपिओमा एक भन्दा बढि डिम्याट खाताबाट आवेदन दिनेहरुलाई पटक पटक आईपिओको नतिजा हेर्न झन्झट हुने गर्दछ अब त्यस्ता आवेदकहरुलाई सेयर हब एप्लीकेशनले सहज बनाई दिएको छ ।

सबै पटकमा धेरै डिम्याट खाताहरुको आईपिओ नतिजा हेर्न आवेदकले आफ्नो मोबाईलमा सेयरहब(Share Hub) एप्लीकेशन डाउनलोड गर्नुपर्ने छ । सेयरहब एप्लीकेशन डाउनलोड गरी सर्भिसेज अप्सनमा क्लिक गर्नुपर्ने छ, त्यसपछि आईपिओ रिजल्टमा गई आफ्ना डिम्याट खाता सेभ गर्न सकिने छ एक पटक यो एप्लिकेशनमा रजिष्ट्रेशन गरी सेभ गरेको डिम्याट खाताको रिजल्ट हरेक आईपिओमा हेर्न सकिने छ । यसबाट एकै पटकमा अनलिमिटेड डिम्याट खाताको नतिजा हेर्न सकिने छ ।  

पछिल्लो केही समय नेपालमा सेयर बजारमा लगानीकर्ताहरुको संख्या उच्च रूपमा बढीरहेको छ । प्राथमिक बजारमा लगानीकर्ताको संख्या ५० लाख बढी छ भने दोस्रो बजारमा १२ लाख बढीले ब्रोकर खाता खोलिएका छन् भने सक्रिय रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या पनि बढ्दो छ । 

पछिल्लो समय सेयरबजारमा आइपीओ भर्नेहरुको संख्या उच्च छ। एकै परिवारका सबै जनाले। आइपीओ भर्ने गर्छन् । आइपीओ को नतिजा सार्वजनिक हुँदा यस एपमा धेरै जनाको नतिजा एकैपटक हेर्न मिल्ने सुविधा उपलब्ध गराएको छ । साथै एकपटक सेभ गरेको डिम्याट खाताको विवरणले हरेक कम्पनीको आइपीओको नतिजा समेत हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको