Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता, स्वाप अनुपात १ : १

अर्थ संसार

बुधबार, २९ असार २०७९, १० : ०८ मा प्रकाशित

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता, स्वाप अनुपात १ : १

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच (आज) बुधबार मर्जर सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।  काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले सम्झोता पत्रमा हस्ताक्षर गरेका छन् ।   जसमा स्वाप अनुपात १ : १ हुने छ । 

दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजि चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजि छ ।

सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ । 

62ce4c95a410f.jpg 62ce4c98d91d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको