Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरका नाममा हिमालयन र सिभिल बैंकको सेयरमा गम्भिर चलखेल, नियामक निकाय मुकदर्शक

अर्थ संसार

बुधबार, २९ असार २०७९, १२ : २० मा प्रकाशित

मर्जरका नाममा हिमालयन र सिभिल बैंकको सेयरमा गम्भिर चलखेल, नियामक निकाय मुकदर्शक

मर्जरका नाममा हिमालयन बैंक र सिभिल बैंकको सेयरमा गम्भिर चलखेल भएको छ । यी दुई बैंहरुका बिचमा मर्जरको हल्ला चलाएर लामै समय देखि सेयर बजारमा चलखेल भइरहेको छ तर पनि यसलाई नियन्त्रण गर्नुपर्ने नियामक निकाय भने मुकदर्शक बनेको छ । 

कुनै पनि कम्पनीको सेयर मूल्यलाई प्रभावित पार्ने सूचनाहरु प्रवाह गर्नु गैर कानुनी मानिन्छ । तर यी दुई बैंकहरुका बिचमा मर्जरको बिषयलाई खुलेआम रुपमा लगानीकर्ताहरुलाई मिसलिड गर्ने गरी सूचना प्रवाह भइरहेको छ । 

गत शुक्रबार हिमालयनले सिभिललाई १००ः८१ को अनुपातमा प्राप्ति गर्ने सम्बन्धी सम्झौता सोल्टी होटलमा गनेए भन्दै केहि पत्रकारहरुलाई समेत बोलाईएको थियो तर फेरी अन्तिम समयमा कुल नमिलेको भन्दै उक्त कार्यक्रम रोकियो तर पुनः विहिबार एकाएक पुरानै सहमतिमा हिमालयनले सिभिललाई प्राप्ती गर्ने समाचार बाहिरिएको छ ।

यस्तो संवेदनशिल बिषयमा कुरा फाइनल नभएसम्म यसरी मिडियामा आउनु नै गतल थियो यस विषयमा नियामक निकायले तत्काल छानबिन गरी यसमा संलग्नहरुलाई आवश्यक कारबाही गर्नु जरुरी छ । 

धितोपत्र सम्बन्धी ऐन–२०६३ ले कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने छ भनि उल्लेख गर्रिको छ ।

धितोपत्र सम्बन्धी ऐन–२०६३ को दफा १०१ मा भित्री कारोबार गर्नेलाई दण्ड सजायको व्यवस्था गरिएको छ । यसको उपदफा १ मा भनिएको छ दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको