Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोकाे आईपीओ साउन ६ गतेदेखि खुल्ने, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

विहीबार, ३० असार २०७९, १० : २६ मा प्रकाशित

सिक्लेस हाइड्रोकाे आईपीओ साउन ६ गतेदेखि खुल्ने, क-कसले भर्न पाउँछन् ?

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ६ गते शुक्रबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

कम्पनीले पहिलाे चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे जारी पूँजी ८५ करोड रूपैयाँकाे १० प्रतिशत अर्थात ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार २३ गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे थियाे । 

 क-कसले भर्न पाउँछन् ?

यस आईपीओमा कम्पनीकाे आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

कति दिने आवेदन ?

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

यस आईपीओमा छिटाेमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदाै ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय, बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड एवमं नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको