काठमाडाैँ महानगरपालिकाकाे यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य रहेकाे नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । उनले बिहीबार एक ट्वीट गर्दै याे निर्णय स्वागतयाेग्य रहेकाे बताएका हुन् ।
'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो' पौडेलले ट्वीटरमा लेखेका छन्, 'नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।
काठमाडाैँ महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै चाैतर्फी आलोचना भएको थियो । त्यसपछि महानगरपालिकाका मेयर बालेन्द्र साहले साे सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस