अर्थ संसार
काठमाडौं–पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा शनिबार निधन भएको छ।
हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको थियो । उनी एक बर्षदेखि मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगको उपचारमा थिए । रोगले च्यापेपछि उनलाईदशैंका बेला उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पताल लगिएको थियो।
मेदान्तमा एक बर्षदेखि उपचार गराइरहेका उनी गत महिना डाक्टरको फलोअपमा गएर फर्केका थिए । त्यहाँका चिकित्सकले उनलाई स्वास्थ्यमा उत्साहनजन सुधार भएको बताएका थिए । ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोगले दशैंका बेला उनलाई एक्कासी चापेको थियो । उनी दशैंको टिकाको दिन घरमैं बेहोस भएका थिए ।
लामो समय आर्थिक पत्रकारितमा क्रियाशिल रहेका न्यौपाने कारोवार दैनिकका पूर्व सम्पादक हुन् । त्यसअघि उनले कान्तिपुर दैनिककमा काम गरेका थिए । उनी आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पनि हुन् ।
ललितपुरको बडिखेल घर भएका ४४ बर्षिय न्यौपाने झण्डै दुई दशकदेखि पत्रकारितामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
उनको आइतबारै पशुपति आर्यघाटमा दाहसस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
न्यौपानेको निधनले आर्थिक पत्रकारितका क्षेत्रमा अपुरणीय क्षति भएको छ । अर्थसंसार डटकम परिवार उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस