सोमबार नेप्से परिसूचकमा सेयर बजारको घटबढलाई लिएर निकै गर्मागर्मिको अवस्था उत्पन्न भयो । सेयर बजारमा कारोबार हुने अन्तिम समयमा बजार १२ अंकले बढेर बन्द भयो ।
नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना हुने सिस्टम लागू गरेकाले त्यसको १५ मिनेट पछि भने बजार एकै पटक घटेर बन्द भयो । २ः४५ बजेदेखि नै लगातार ३ बजेसम्म बढेको बजार एकै पटक २.०७ अंकले घटे पछि यस विषयमा सबै तिर चौतर्फि विरोध भयो ।
यो विषयले एकाएक सामाजिक सञ्जाल भरियो । सञ्चारमाध्याममा पनि नेप्सेको त्रुटि भएको समाचार आयो । त्यस लगतै नेप्सेले सूचना जारी गरेर यो विषयमा अध्ययन भइरहेको जानकारी दियो । आम रुपमा जुन शंका गरिएको थियो त्यो कुराको पुष्टि नेप्सेले कारोबार बन्द भएको ३ घण्टा पछि गर्यो । ३ घण्टा पछि नेप्सेले प्राविधिक कमजोरी भएको भन्दै सूचना मात्रै जारी गरेन बजार पनि ७.१० अंकले बढेको नयाँ अपडेट गर्यो । यसले नेप्सेको सिस्टम माथि नै गम्भिर प्रश्न उठेको छ । नयाँ स्टक एक्सचेन्जलाई लाइसन्स दिने विषयले चर्चा पाइराखेको अवस्थामा यस्ता गल्तीले थप मलजल पुग्ने लगानीकर्ताहरुको भनाइ छ ।
यस्तो थियो अन्ति १५ मिनेटको कारोबार
सोमबार २ः४५ बजेको समयमा सेयर बजार परिसूचक ३ अंक बढेर २९६७ बिन्दुमा रहेको थियो । त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । सेयर बजारमा कारोबार हुने अन्तिम सयम ३ बजे नेप्से परिसूचक २९७६.३४ विन्दुमा पुगेको थियो । यो समयमा सेयर बजार अघिल्लो दिनको भन्दा १२ अंकले बढेको थियो । नेप्से २ः४५ बजे २९६७.०८ बिन्दुमा, २.५० बजे २९६९.६५ बिन्दुमा, २.५५ बजे २९७२.२७ बिन्दुमा र ३ बजे २९७६.३४ विन्दुमा पुगेको थियो । त्यस पछिको १५ मिनेटमा केही अंकको घटबढ हुने भए पनि सोमबार भारित औसत मूल्य गणनापछि २.०७ अंकले घट्यो । जुन आफैमा अस्वभाविक थियो । जुन कुरालाई नेप्सेको पछिल्लो अपडेटले पनि पुष्टि गरेको छ । अन्तिममा नेप्सेले अध्ययन गरेर कमजोरी भएको भन्दै नेप्से परिसूचक ७.१० अंकले बढेको भनेर नयाँ अपडेट ग¥यो । यो विषयलाई लगानीकर्ताहरुले भने नेप्सेको गम्भिर लापरबाही भएको बताएका छन् ।
हिजो (सोमबार) को समस्याले नेप्सेको पुनःसंरचनामाको आवश्यकतालाई थप मलजल गरेको सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलको भनाइ छ । यो गम्भीर त्रुटि भएको भन्दै यस्तो समस्या फेरि दोहोरीन नहुने उनले बताए । ‘नयाँ स्टक एक्चेन्जको माग भइरहेको अवस्थामा यस्ता लापरबाहिले यस्तो काममा थप मलजल पुग्छ । यसमा नेप्सेले समयमा नै सोच्नु पर्छ,’ उनले भने । लाखौँ लगानीकर्ताको लगानी रहेको सम्वेदनशील क्षेत्रमा यस्तो गल्ति गर्न नहुने उनी बताउँछन् । यो विषयले नेप्सेको पुनःसंरचना आवश्यक रहेको विषयलाई पनि थप पुष्टि गरेको फल्लेलको भनाइ छ ।
बजार घट्दा लगानीकर्ताको पुँजी क्षयीकरण हुने हुँदा लापरबाहीले यस्तो गर्दा लगानीकर्ताको मनोविज्ञानमा नै असर गर्ने लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । १५ मिनेटदेखि लगातार रुपमा बढीरहेको बजार अन्तिममा आउँदा कसरी घट्यो भन्ने कुरा नै गम्भिर रहेको उनले बताए । यो विषयमा सम्बन्धित नियकाले ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘यो नेप्सेका गम्भीर लापरबाही हो । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ,’ स्वामीले भने । यस्ता गल्ती र कमजोरीले नेप्सेको पुनःसंरचनालाई थप पुष्टि गर्ने उनको भनाइ छ ।
लगानीकर्ताको मनोविज्ञानमा असर पर्ने यस्तो विषयलाई लगानीकर्ताहरुले गम्भीर रुपमा लिएको उनले बताए । बढ्यो भन्दा र घट्यो भन्दामा लगानीकर्तामा धेरै ठूलो मनोवैज्ञानिक असर पर्ने भएकाले नेप्सेलाई सम्बेदनशील हुन पनि उनले आग्रह गरे ।
नेप्सेको खेलाचिले यस्तो भएको अर्का लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । सोमबार भन्दा पहिले पनि एक दुई वटा स्टकमा यस्तो हुने गरेको भए पनि सोमबार भने समग्र बजारमा हुँदा सबै तिर यसको चर्चा भएको उनको भनाइ छ । तथ्यांक माथि नै खलबाड गर्नु गम्भिर विषय भएको उनले बताए । यो १५ मिनेट पछि एभरेजिङ गर्ने सिस्टम राख्नका लागि आवश्यक नै नरहेको उनको भनाइ छ ।
बजारलाई घटाउन र बढाउन चाहेर जानिजानि यस्तो गल्ति गरिएको सुवेदीले बताए । ‘हिजो समग्र बजारमा यस्तो हुँदा सबैतिर हल्ला भयो । तर, नेप्सेमा अरु दिनहरुमा पनि कुनै कुनै कम्पनीको यस्तै हुने गरेको छ,’ उनले भने, ‘हिजो एउटा कम्पनीको सेयर मूल्य त ओपनिङ रेन्जमा कायम भएको थियो । यो गम्भिर लापरबाही हो ।’ यो कुनै प्राविधिक भन्दा पनि जानीजानी गरिएको गल्ती भएको सुवेदीको आरोप छ ।
नेप्सेले भने सोमबार नै यो विषयमा सूचना जारी गरेर भारित औषतमा गणाना गर्दा प्राविधिक त्रुटी भएको स्वीकार गरेको छ । यस्तो सम्बेदनशील क्षेत्रमा प्राविधिक त्रुटि भयो भन्ने भन्दा पनि प्रविधिमा नै अपडेट गरेर यस्ता समस्यालाई सधैका लागि समाधान गर्नु पर्ने आवश्यकता देखिन्छ । यो घटनाबाट पाठ सिकेर नेप्सेमा आगामी दिनमा यस्ता गल्तीहरु नहुन भन्ने आम लगानीकर्ताको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस