नेपाल सेयर बजार लगानीकर्ता संघको सीडीएससीसँगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण पन्डाकसँग भेटघाट गरेको छ । बुधबार नेपाल सेयर बजार लगानीकर्ता संघको टोली र सीडीएससीका सीईओ बीच आइजिन नम्बर तथा अन्य समसामहिक विषयमा छलफल भएको हो ।
यस भेटमा संघले पुँजीबजारसँग सम्बन्धित विभिन्न समसामयिक विषयहरू समावेश गरी एउटा ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ । संघले पुँजीबजारलाई स्वस्थ, पारदर्शी, र जवाफदेही बनाउनका लागि नियामक निकायहरू र नेपाल सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको संघका महासचिव रविन कंडेलले जानकारी दिए । साथै उक्त भेटमा बजारको हित विपरीत हुने कुनै पनि गैरकानुनी वा अनुचित गतिविधिमा संलग्न पक्षविरुद्ध जुनसुकै कदम चाल्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । सकारात्मक पहलका लागि भने सदैव हातेमालो गर्न संघ तत्पर रहेको जनाएको छ ।
त्यस्तै संघले वर्तमान बजारमा देखिएको अकर्मण्यता, ढिलासुस्ती, र सुस्तताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सीडीएससी लगायतका सम्बन्धित निकायहरूलाई स्वतन्त्र, पारदर्शी रुपमा काम गर्न आग्रह गरिएको छ । विशेषगरी, संघले फरक प्रकृतिका सेयरहरूलाई फरक आइजिन (क्ष्क्क्ष्ल्० नम्बर प्रदान गर्नु नै समग्र बजारका लागि उपयुक्त हुने धारणा दोहोर्याएको छ । यसले बजारको व्यवस्थापनमा सहजता ल्याउने विश्वास संघको छ ।
सीडीएससीका सीईओ प्रविण पन्डाकले बजारको विस्तार र विकासमा लगानीकर्ताहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् । संघले नेपाल सेयर बजारको विकास र लगानीकर्ताहरूको हकहितको रक्षाका लागि सधैँ क्रियाशील रहने प्रतिबद्धता पनि जनाइन् । भेटमा संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष भगवान बहादुर राउत, महासचिव रबिन कँडेल, सचिव भुबन ढकाल, र सदस्यहरू श्यामहरि सेढाई, विवेक श्रेष्ठ, र सुदर्शन गौतमको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस