Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले राहदानी सटही सीमा ३,००० डलरमा पुर्‍यायो, खातामार्फत सटहीको पनि व्यवस्था

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ०८ : ४८ मा प्रकाशित

राष्ट्र बैंकले राहदानी सटही सीमा ३,००० डलरमा पुर्‍यायो, खातामार्फत सटहीको पनि व्यवस्था

नेपाल राष्ट्र बैंकले राहदानी सटही सीमा बढाउँदै अब भारत बाहेक अन्य मुलुकमा जाने नेपाली नागरिकले प्रति पटक अमेरिकी डलर ३,००० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा सटही गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि यो सीमा डलर २,५०० कायम थियो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै उक्त जानकारी दिएको हो। नयाँ परिपत्रमा विदेश भ्रमणका लागि राहदानी बापत पाउने सटही सुविधा बढाइएसँगै थप एउटा महत्वपूर्ण व्यवस्था पनि गरिएको छ।

संशोधित परिपत्र अनुसार, राहदानी तथा औपचारिक भ्रमण बापतको सटही सुविधा अब सम्बन्धित व्यक्तिको नाममा नयाँ वा विद्यमान परिवर्त्य विदेशी मुद्राको खातामा पनि जम्मा गर्न सकिनेछ। यसले सटही प्रक्रिया सहज, पारदर्शी र आधुनिक प्रणालीमैत्री बनाउने राष्ट्र बैंकको अपेक्षा रहेको छ।

नयाँ व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ मा भएको प्रावधानअनुसार लागू गरिएको हो। कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालद्वारा जारी परिपत्रमा सबै इजाजतप्राप्त बैंक, वित्तीय संस्था तथा सम्बन्धित कार्यालयलाई सोही अनुसार कार्यान्वयन गर्न भनिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको