मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य पछिल्लो सात कारोबार दिनमा किरब १७ प्रतिशतले बढेको छ । साउन ५ गतेको तुलनामा यो कम्पनीको सेयर मूल्य १६.७७ प्रतिशतले बढेको हो ।
यो साता दिनमा यो कम्पनीको सेयर मूल्य २५७ रुपैयाँ २ पैसाले बढेको छ । साउन ५ गते १ हजार ५३३ रुपैयाँ ३ पैसा रहेको यो कम्पनीको सेयर मूल्य आज (मंगलबार) बढेर १ हजार ७९० रुपैयाँ ५ पैसा पुगेको छ । आज मात्रै यो कम्पनीको सेयर मूल्य १६२ रुपैयाँ ७३ पैसाले बढेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
पछिल्ला ७ कारोबार दिनमध्ये यो कम्पनीको सेयर मूल्य गत आइतबार मात्रै घटेको छ भने अरु दिन बढेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस