Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको नाफामा तीन गुणाभन्दा बढी वृद्धि, ईपीएसमा समेत उल्लेखनीय छलाङ

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, ०९ : ०० मा प्रकाशित

सिन्धु विकास बैंकको नाफामा तीन गुणाभन्दा बढी वृद्धि, ईपीएसमा समेत उल्लेखनीय छलाङ

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७८/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले अघिल्लो वर्षको तुलनामा नाफा तीन गुणाभन्दा बढीले बढाउन सफल भएको छ।

गत आर्थिक वर्षमा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ३ करोड ४ लाख रुपैयाँ नाफाको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भएको हो।

बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको २ करोड ९६ लाख रुपैयाँबाट बढेर यो वर्ष १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जसले ४१७.३९ प्रतिशतको वृद्धि देखाएको छ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस अवधिमा बैंकले १९ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। यद्यपि, रिटेन्ड अर्निङ २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक देखिएको छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ मात्र रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३७ करोड १७ लाख ऋणात्मक र रिजर्भ १६ करोड ८२ लाख रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष निक्षेप ५ अर्ब ८९ करोड र कर्जा लगानी ३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.०३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यो अनुपात १०.६३ प्रतिशत थियो, जुन सुधार बैंकको कर्जा व्यवस्थापनमा सकारात्मक संकेत हो।

त्यस्तै, बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी  अघिल्लो वर्षको ५.४६ रुपैयाँबाट बढेर २१.१५ रुपैयाँ पुगेको छ। पीई रेसियो ४०.९९ गुणा रहेको बैंकको प्रति सेयर नेटवर्थ ८६.७० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको