Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको एफपीओ बाँडफाँट

अर्थ संसार

मंगलबार, १३ साउन २०८२, १० : १९ मा प्रकाशित

हिमालयन बैंकको एफपीओ बाँडफाँट

हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) को बाँडफाँट सम्पन्न भएको छ। बैंकको कमलादीस्थित मुख्य कार्यालयमा एफपीओको बाँडफाँट गरिएको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो सेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता सेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको