नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस