Like us!
Follow us!
Connect us!
Watch us!

गाडीका सर्भिसहरु बन्द गरेर पाट्सहरु पनि उपलब्ध नगराउने अवस्थामा पुगेका छौ-ध्रुव थापा, अध्यक्ष

लोकेन्द्र ढकाल

आइतबार, ०१ साउन २०७९, २१ : ५३ मा प्रकाशित

गाडीका सर्भिसहरु बन्द गरेर पाट्सहरु पनि उपलब्ध नगराउने अवस्थामा पुगेका छौ-ध्रुव थापा, अध्यक्ष

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि आयातमा बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय गरेकोमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विरोध जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो ।  यसअघि सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । तर साउन १ बाट लागू हुने गरी १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न रोक लगाएकोमा नाडाले विरोध जनाएको हो । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालमा अध्यक्ष ध्रुव थापाले अर्थ संसारसँग भनेर  मन्त्रिपरिषद्को निर्णयले हामीलाई स्तब्ध बनाएको छ, भदौ १५ पछि एलसी खोल्दा हामी दशैं–तिहार जस्तो चार्डवाडमा उच्च माग हुने गाडीहरु उपलब्ध गराउन सक्दैनौं ।’ 
 

भदौ १५ मा एलसी खुल्यो भनेपनि ३ महिना गाडी आउँदैन भन्दै अध्यक्ष थापाले भने,‘ घरीघरी एलसी बन्द हुँदा विदेशी कम्पनीले हामीलाई विश्वास गर्ने अवस्था रहदैन्, उसले हामीले गाडी बनाइदे भनिसकेपछि गाडी बनाइदिन्थ्यो, र एलसी खोल्ने वित्तिकै गाडी आउँन्थ्यो ।’ पहिला गाडी अर्डर गरेपछि एलसी खुल्थ्यो, गाडी तुरुन्त आँउन्थ्यो, तर अहिले एलसी खुलेपछि गाडि अर्डर गर्नुपर्ने भो, त्यसोहुँदा कम्पनीबाट गाडि भित्रिन ३ महिन समय लाग्छ । 

हाम्रो ८ महिना त त्यसै गयो, धेरै व्यापार हुने भनेको यिनै चार्डवाड कै बेला हो, मानिसहरुले विभिन्न अफर हुने हुँदा चार्डवार्ड कुरेर बसेका हुन्थे र गाडी किन्थे, अब गाडि नआउने भएपछि हामी कर्मचारीलाई पनि विदा दिएर सर्भिसहरु पनि बन्द गरेर पाट्सहरु पनि उपलब्ध नगराउने अवस्थामा पुगेका छौ । अवको ३, ४ महिना धान्न सक्ने अवस्था छैन, कि त सरकारले हाम्रो लोनहरु रिफाइनान्सिङ, रिसेडुलिङ गरेर राहात दिनु प¥यो नत्र व्यवसाय बन्द गर्नु बाहेक हाम्रो अरु विकल्प छैन, कर्मचारीलाई वेतलबी विदा गरेर सोरुमहरु बन्द गर्नुपर्ने बाध्यात्मक स्थिति पैडा भएको छ, नाडा अध्यक्ष थापाले निरास हुँदै सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने अटोमोवाइल व्यवसाय धरासायी अवस्थामा पुगेको बताए ।

सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाइएका वस्तुहरूमा मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु कच्चा पदार्थ बाहेक ,हीरा ,औद्योगिक कच्चा पदार्थबाहेक, ३२ इन्च भन्दा माथिका टेलिभिजन सेट, जिप, कार, भ्यान एम्बुलेन्स र शववाहनबाहेक लगायतका छन् । त्यसैगरी सबै प्रकारका खेलौना, तास, कुरकुरे, कुरमुरे, लेज तथा यस्तै प्रकृतिका अरू आयातमा पनि प्रतिबन्धलाई निरन्तरता दिएको छ । 
पछिल्लो समय विदेशी मुद्रा निरन्तर घट्दै गएपछि सरकारले यी वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा नेपालको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ । जब कि ०७८ असार मसान्तसम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति करिब १४ खर्ब रुपैयाँ बराबर थियो । सरकारले विभिन्न वस्तुको आयातमा बन्देज लगाए पनि बढी तस्करी हुने सुपारी, केराउ, मरीच जस्ता वस्तुको आयात भने निर्बाध रूपमा खोलिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको