नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार बढीले शो अबलोकन गरेका छन् । आयोजकका अनुसार तीन दिन ७८ हजार ५१३ जनाले शो अवलोकन गरेका हुन् ।
यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ गरेको आयोजकको भनाइ छ । यसले आर्थिक चुनौती र कठिनाइबीच पनि उल्लेख्य सहभागिताले थप उत्साह थपेको नाडाले जनाएको छ । उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा रहेको नाडाका अध्यक्ष करण चौधरीले बताए । ‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ उनले भने, ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो भन्न पाउँदा निकै उत्साहित भएको छु ।’
यस ऐतिहासिक सफलतामा योगदान गर्ने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूप्रति अध्यक्ष चौधरीले आभार व्यक्त गरेका छन् । ‘नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस