Like us!
Follow us!
Connect us!
Watch us!

प्रशिक्षणको आयोजनामा इन्टरप्रेनर्स कनेक्ट सम्पन्न

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, ११ : ४७ मा प्रकाशित

प्रशिक्षणको आयोजनामा इन्टरप्रेनर्स कनेक्ट सम्पन्न

उद्यमी बन्न चाहना राख्ने युवा विद्यार्थीलाई उद्यमीहरुसँग जोडी उद्यमीहरुको उद्यमशीलताको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको इन्टरप्रेनर्स कनेक्ट (Entrepreneurs Connect) एक दिने प्रशिक्षण कार्यक्रम आषाढ २८ गते मङ्गलबार फिनिक्स कलेज अफ म्यानेजमेन्ट, एन वाई ई एफर सार्क ट्यांक नेपालको सहकार्यमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपालका १० सफल युवा उद्यमीहरुले १०० बढी विद्यार्थीलाई प्रशिक्षण गरेका थिए। मङ्गलबार सम्पत्र कार्यक्रममा उद्यमीहरु बग भी का नरेश लाम्गाडे, डाक्टर अन कल का डा. सुयेश कार्की, हाउस अफ प्यालेट का राहुल अग्रवाल, न्यू म्युका असीम थापा, नुगा एस्सेन्स की रसना श्रेष्ठ, अफरिङ हयाप्पिनेस का सन्तोष पाण्डे, टेक्का की शैलजा कसजु, टिग की प्रार्थना शाखा, वेदा एप का नृदेश द्वार भक्स क्रो का दिपेश रेग्मीले युवा विद्यार्थीलाई प्रशिक्षण गरेका थिए। साथै पार्थ स्टुडेन्ट भेन्चरका सृयन्स रौनियार, ग्लोबल स्टुडेन्ट इन्टरप्रेनर्सिप अवार्ड नेपाल कि अध्यक्ष रीतल राणा र सार्क ट्यांक नेपालका कन्सल्टेन्ट गौरब कडेलले विद्यार्थीलाई अन्य अवसरहरुको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा १० विद्यार्थीको समूहलाई २ चरणमा उद्यमीहरुले प्रशिक्षण दिएका थिए । यस किसिमका कार्यक्रमले विद्यार्थीहरुलाई व्यापार, व्यवसाय सुरु गर्दै गर्दाको वास्तविक अनुभव मिल्ने र उद्यमशीलताको यात्रा सुरु गर्न लागेका विद्यार्थीलाई उद्यमी बन्न सम्मको बारे राम्रो ज्ञान मिल्ने प्रशिक्षणका संस्थापक लक्ष्मण पोखेलले बताए ।

कार्यक्रम अवधिमा सिकेका कुरा उपलब्धि मुलक रहेको र यस किसिमका कार्यक्रमले पाठ्यक्रमको कुरा र वास्तविक अनुभवको फ्युजनले उद्यमशीलताको नयाँ ज्ञान प्राप्त भएको अनुभूति विद्यार्थी गौरव आचार्य बताउँछन् । साथै उद्यमीहरुले पनी नौलो किसिमको प्रयोग तथा उद्यमी बन्न चाहना राख्ने युवा विद्यार्थीबीच साक्षातकार हुन पाएकोमा कार्यक्रमबाट निकै आशावादी भएको कुरा प्रकट गरेका थिए। कार्यक्रम फिनिक्स कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुबीच कलेजकै परिसरमा सम्पन्न भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको