Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

पत्रपत्रिका

विहीबार, ०५ साउन २०७९, ०६ : २८ मा प्रकाशित

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । 

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार 'सरकारको निर्णय कसरी गर्ने ?' भन्ने विषयमा छलफल भइरहेको छ । 

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण 'अहिले पत्र नपठाउन' दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गरेको समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको