Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले किन राेक्याे डिप्रोक्स लघुवित्तको बोनस ?

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १२ : ३६ मा प्रकाशित

राष्ट्र बैंकले किन राेक्याे डिप्रोक्स लघुवित्तको बोनस ?

डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म पनि आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ काे बाेनस सेयर पठाएकाे छैन । गत वर्षकाे बाेनस अझैसम्म पनि नपठाउनुकाे कारण के हाेला भन्ने डिप्राेक्स लघुवित्तका लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ । 

लगानीकर्ताहरूले विभिन्न माध्यामबाट नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि कम्पनीले गत आर्थिक वर्षमै घोषित लाभांश समेत लगानीकर्ताहरुको खातामा नपाठाएको भन्दै गुनासो गरिरहेका छन् । 

कम्पनीका स्रोतका अनुसार नाडेप लघुवित्तसँग मर्जर प्रकृया भाँडिएकाे हुनाले नेपाल राष्ट्र बैंकले संस्थालाई लाभांश वितरण गर्न राेक लगाएकाे छ । संस्थाले लाभांश वितरण गर्न राष्ट्र बैंकसँग पहल गरिरहेकाे र अहिले कहिलेसम्म आउला भन्ने अनुमान गर्ने अवस्था नरहेकाे संस्थाले अर्थ संसारलाई जानकारी दिएकाे छ । 

कम्पनीकाे गत असाेज २३ गते, शनिबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

नाडेप लघुवित्तमा सेयर संरचना र कर्मचारीको पद समायोजनका विषयमा डिप्रोक्स लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया भाँडिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको