Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा कुमारी धनवृद्धि योजना सूचिकृत

नेप्से

सोमबार, ०९ साउन २०७९, १५ : ५७ मा प्रकाशित

नेप्सेमा कुमारी धनवृद्धि योजना सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी धनवृद्धि योजनाकाे इकाई सूचिकृत भएको छ । 

स्टकका अनुसार योजनाको १२ करोड २५ लाख ७ हजार २ सय ५९ इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि KDBY सिम्बोल प्रदान गरिएको छ । अब मंगलबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।

कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गते, बिहीबारदेखि जेठ २६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियाे । जसमध्ये कुल इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे । माग भन्दा बढी आवेदन परेपछि फन्डको आकार बढाइएको थियाे । माग भन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १२ कराेड २५ लाख ७ हजार २ सय ५९ इकाई पुर्याइएकाे हाे ।

62de72923e70a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको