Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति, कहिलेसम्म लाभांश सुरक्षित गर्ने ?

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १० : ४३ मा प्रकाशित

कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति, कहिलेसम्म लाभांश सुरक्षित गर्ने ?

कुमारी क्यापिटलद्धारा सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नका लागि भदाै १८ गते, साेमबार बुकक्लोज गर्ने भएका छन् । त्यसैले, भदाै १७ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम हुने सेयरधनीहरुले मात्रै यी दुई फण्डले प्रदान गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

कुमारी क्यापिटलकाे साउन २५ गते, बिहीबार बेलुका बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि  “कुमारी सामूहिक लगानी कोष" अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको