Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १० : ४६ मा प्रकाशित

लगानीको अवसर : लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि ‘शुभ लक्ष्मी काेष’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुल्लामुखी योजना हो । 

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

साउन १९ गते, बिहीबार निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदाै २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारकाे छ :

 

62e0c9b3b09c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको