हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८१/०८२ का लागि १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
योजना प्रवद्र्धक हिमालयन बैंक लिमिटेड र व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड रहेको यस कोषको लाभांशबारे निर्णय २०८२ भाद्र १३ गते बसेको संचालक समितिको ७४औं बैठकले गरेको हो।
बैठकले योजनाका इकाईधनीहरूलाई करसहित १६ करोड १६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस पटक वितरण हुने प्रतिफल योजना सुरुमा गरिएको लाभांश प्रक्षेपणभन्दा करिब ६ प्रतिशतले बढी छ। यसअघि पनि अपेक्षा भन्दा उच्च लाभांश प्रदान गरेको यस कोषले छोटो अवधिमै लगानीकर्ताको विश्वास जित्न सफल भएको छ।
हिमालयन क्यापिटलले निकट भविष्यमा खुल्लामुखी सामूहिक लगानी योजना ल्याउने तयारी गरेको जनाएको छ। कम्पनीले आगामी वर्षहरूमा पनि इकाईधनीलाई उत्कृष्ट प्रतिफल दिने र लाभांशमा निराश नबनाउने लक्ष्य लिएको बताएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस