Like us!
Follow us!
Connect us!
Watch us!

३३ वटा म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको कति ?

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, ११ : ४४ मा प्रकाशित

३३ वटा म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनको  कति ?

आर्थिक वर्ष २०८१/८२ को नाफाबाट वितरण गर्नका लागि हालसम्म ३३ वटा म्युचुअल फन्डले नगद लाभांश घोषणा गरेका छन्। तीमध्ये २२ फन्डले बुक क्लोज मिति पार गरिसकेका छन् भने बाँकी ११ फन्डको बुक क्लोज मिति आउन बाँकी रहेको छ। बुक क्लोज नपुगेका फन्डमा लगानीकर्ताले अझै पनि लाभांश प्राप्त गर्नका लागि इकाई खरिद गर्न सक्नेछन्।

घोषित लाभांशदरहरू ३.८ प्रतिशतदेखि २१.०५ प्रतिशतसम्मका रहेका छन्। सबैभन्दा उच्च लाभांश वितरण गर्नेमा सानिमा लार्ज क्याप फन्ड (२१.०५%), लक्ष्मी उन्नती कोष (२०%), सिद्धार्थ इक्विटी फन्ड (२०%), र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (२०%) रहेका छन्।

यस वर्ष धेरैजसो म्युचुअल फन्डले औसत ८% देखि १६% को बीचमा लाभांश प्रस्ताव गरेका छन्। केही फन्डहरू जस्तै एनएमबि सरल बचत फन्ड ई, मुक्तिनाथ म्युचुअल फन्ड १, र गरिमा समृद्धि योजना ले ५ प्रतिशतभन्दा कम लाभांश घोषणा गरेका छन्।

एनआइबिएल सहभागिता योजना ले ७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। यस्तै, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम ले ८ प्रतिशत नगद लाभांश दिनेछ भने शुभ लक्ष्मी कोष ले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कुमारी सुनौलो लगानी योजना ले ८.८८ प्रतिशत लाभांश  वितरण गर्नेछ। एनआइसी एशिया डाइनामिक डेप्ट फन्ड ले ५.५५ प्रतिशत लाभांश घोषणा गरेको छ। यसैगरी, नविल फ्लेक्सी क्याप फन्ड ले ९ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ ले १५ प्रतिशत तथा सनराइज ब्लुचिप फन्ड ले १९ प्रतिशत नगद लाभांश दिने भएका छन्।

त्यस्तै,एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड ले १०.१ प्रतिशत, एनआइसी एशिया ब्यालेन्सड फन्ड ले ९.९ प्रतिशत तथा एनआइसी एशिया सेलेक्ट ३० ले ८.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने योजना सार्वजनिक गरेका छन्। सनराइज फर्स्ट म्युचुअल फन्ड ले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ। यसैगरी, सनराइज फोकस्ड इक्विटी फन्ड ले १३.५ प्रतिशत,सानिमा ग्रोथ फन्ड ले १५.७९ प्रतिशत र  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत  लाभांश दिने भएका छन्। 

बुक क्लोज हुन बाँकी ११ 

बुक क्लोज मिति आउन बाँकी रहेका फन्डहरूमध्ये कुमारी धनवृद्धि योजना, कुमारी सबल योजना, आरबीबी म्युचुअल फन्ड १ र २, कुमारी इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड २, सिटिजन्स सुपर ३०, एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २,प्रभु स्मार्ट फन्ड, र प्रभु सेलेक्ट फन्ड रहेका छन् ।

कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीलाई १०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। फन्डले लाभांश वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्दैछ। कुमारी सबल योजना ले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। फन्डको बुक क्लोज मिति भदौ ९ गते तय गरिएको छ।

आरबीबी म्युचुअल फन्ड १ ले यस वर्ष २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बुक क्लोज मिति भदौ ९ गते निर्धारण गरिएको छ। आरबीबी म्युचुअल फन्ड २ ले आफ्ना इकाईधनीलाई १३ प्रतिशत नगद लाभांश दिनेछ। फन्डको बुक क्लोज मिति पनि भदौ ९ गते रहेको छ। कुमारी इक्विटी फन्ड ले ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो फन्डले पनि भदौ ९ गते बुक क्लोज गर्नेछ। सिटिजन्स म्युचुअल फन्ड २ ले ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। यस फन्डको बुक क्लोज मिति भदौ १३ गते तय गरिएको छ। 

सिटिजन्स सुपर ३० म्युचुअल फन्ड ले १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बुक क्लोज मिति भदौ १३ गते तोकिएको छ। एनएमबि ५० ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस फन्डको बुक क्लोज मिति भदौ १३ गते हो। एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले पनि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बुक क्लोज मिति भदौ १३ गते निर्धारण गरिएको छ।

प्रभु स्मार्ट फन्ड ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। फन्डले भदौ १५ गते बुक क्लोज गर्दैछ। प्रभु सेलेक्ट फन्ड ले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस फन्डको बुक क्लोज मिति पनि भदौ १५ गते तोकिएको छ। 

यी फन्डहरूको लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ताले सम्बन्धित फन्डको बुक क्लोज मितिभन्दा अघिल्लो कारोबारी दिनसम्म नेप्सेमा इकाई खरिद गरी कायम हुनुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको