Like us!
Follow us!
Connect us!
Watch us!

एक दर्जन कम्पनीको साधारण सेयर आउँदै, ६५ करोड बराबरको सेयर आउने

आइतबार, २१ कार्तिक २०७३, १२ : ३६ मा प्रकाशित

एक दर्जन कम्पनीको साधारण सेयर आउँदै, ६५ करोड बराबरको सेयर आउने

अर्थ संसार

काठमाडौं– लगानीका लागि तयार हुनुहुन्छ ? केही समयभित्रै झण्डै एक दर्जन कम्पनीले प्राथमिक सेयर निस्कासन गर्दैछन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार साधारण सेयर, फर्दर पब्लिक अफरिङ, स्थानीय बासिन्दाका लागि प्राथमिक सेयर निस्कासन गर्न १२ वटा कम्पनीले निवेदन दिएका छन् ।

तिनमा ७ वटा जलविद्युत् स्थानीय बासिन्दा र सर्बसाधारणका लागि १० वटा कम्पनीले साधारण सेयर निस्कासन गर्न लागेका हुन् भने नेपाल लाइफ इन्स्योरेन्स र नेपाल एसबीआई बैंकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ  (एफपीओ)  जारी गर्ने तयारी गरेका छन् । ती कम्पनीको प्रिमियम मूल्य तय भइसको छैन । साधारण सेयर निष्कासन गर्न लागेका १० कम्पनीले कुल ६५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर ल्याउन सेवोनसँग अनुमति मागेका छन् । 

एफपिओ निस्कासनका लागि नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख ४६ हजार ४ सय २९ कित्ता र नेपाल एसबीआई बैंकले ६७ लाख ७६हजार ७ सय ६७ कित्ता सेयर निष्कासनको तयारी गरेको छ । सेयर निष्कासनको तयारीमा रहेका जलविद्युत कम्पनीहरूमा हिमालयन पावर पार्टनर, आँबुखोला जलविद्युत् कम्पनी, च्याङी हाइड्रोपावर, मलुङखोला जलविद्युत्, गर्जङ उपत्यका हाइड्रोपावर, रिडी विद्युत् कम्पनी छन् । यी सबै कम्पनीले प्रभावित क्षेका बासिन्दाका लागि १० प्रतिशत सेयर निस्कासन गर्न लागेका हुन् ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले भने सर्बसाधारण लगानीकर्ताका लागि सेयर निस्कासन गर्न लागेको हो । सिनर्जी पावरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको सेवोनले जनाएको छ । 

यस्तै समता माइक्रोफाइनान्स वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमति माग्दै निवेदन दिएका छन् । समताले ९४ हजार ८ सय कित्ता, फरवार्ड कम्युनिटीले ६ लाख कित्ता र माहुलीले १ लाख २० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका छन् । 

धितोपत्र बोर्डबाट अनुमति पाइसकेको नेपाल हाइड्रो डेभलपर कम्पनीले सेयर निष्कासनको तयारी गरेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएको २ महिनाभित्र सेयर निस्कासन गर्नु पर्छ । कम्पनीले २६ करोड रुपैयाँको सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । 

581ed2de34cda.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको