Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकाेशीले सच्यायाे सूचना, अब एजीएमबाट १:१ हकप्रद पारित हुने

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १३ : ०५ मा प्रकाशित

अपर तामाकाेशीले सच्यायाे सूचना, अब एजीएमबाट १:१ हकप्रद पारित हुने

अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेडले साधारण सभाकाे सूचना सच्याएर पुन: प्रकाशन गरेकाे छ । कम्पनीले यसपटककाे सूचनामा हकप्रदकाे कुरा समावेश गरेकाे छ । 

जस अनुसार अब कम्पनीकाे वार्षिक साधारण सभाबाट कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजीको आधारमा १:१ को अनुपातमा हकप्रद सेयर जारी गरी पूँजी संकलन गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसअघि श्रावण ८ गते, आइतबार प्रकाशन भएकाे सूचनामा पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई अनुमोदन गर्ने उल्लेख थियाे । तर हकप्रदकाे कुरा खुलाइएकाे थिएन ।

कम्पनीकाे १४ औँ वार्षिक साधारण सभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62e0e9c376bac.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको